उत्साहजनक प्रतिक्रियाको साथ ‘गौँथली’ दोश्रो सातामा , बक्स अफिस रिपोर्ट कती?


साउन १ गतेबाट रिलिज भएको चलचित्र ‘गौँथली’ प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको छ। पहिलो साता दर्शकको राम्रो साथ बटुलेको चलचित्रको वर्ड अफ माउथ उत्कृष्ट रहेको छ । सोहि कारण पनि हलमा दर्शक र शो संख्या लगातार बढिरहेका छन्। वक्स अफिस रिपोर्ट सार्वजनिक नगरिएको चलचित्रको व्यापार आकर्षक रहेको बुझिएको छ। हरेक सोमबार चलचित्र विकास बोर्डले बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने गर्दछ। उक्त समयसम्म चलचित्रके ५ करोड माथीको व्यापार गर्ने आंकलन गरिएको छ।

“हरेक सोमबार चलचित्र विकास बोर्डले नै बक्सअफिस डाटा सार्बजनिक गर्दै आएको छ । त्यसैले हामीले सोमबार आधिकारिक रुपमा बोर्डले नै सार्वजनिक गरिहाल्छ भनेर बाहिर नल्याएका हौँ,” निर्देशक कपिल रिजालले भने, “तर, धेरैले नसोचेको भन्दा सरप्राइजिङ बक्सअफिस रिपोर्ट आउँदैछ ।”

सुरुमा करिब २ सय शो पाएको ‘गौँथली’ले अहिले २५० भन्दा माथि शो पाइसकेको छ । अधिकांशले शोमा दर्शकको चाप उच्च रहँदा व्यापारिक रिपोर्ट उत्साहप्रद रहेको बताइएको छ ।

पहिलो दिन औसत देखिएको हलमा त्यसपछिका दिनमा अकुपेन्सी बढेर हाउसफूलसम्म हुँदै आएको छ । कलाकारसहितको टिम हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ । काठमाडौं उपत्यकासहित कलाकारहरू मोफसलका हल पुगेर दर्शकलाई भेटिरहेका छन् ।

चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारको अभिनय रहेको छ ।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्