साइग्रेस पोख्रेललाई लिएर ‘फलानो ढिस्कानो’ निर्माण घोषणा
कथावाचनमा आफुलाई अब्बल स्थापित गरेर ‘आ बाट आमा’ मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका साइग्रेस पोख्रेल अब मुख्य नायकको रुपमा देखिने भएका छन्। हास्य जनरामा निर्माण हुने चलचित्र ‘फलानो ढिस्कानो’ मा उनी प्रमुख भुमिकामा अनुबन्ध भएका हुन्। द्रव्य प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रका दुई पोष्टर सार्वजनिक गर्दै औपचारिक निर्माण घोषणा गरिएको हो।

पोस्टरमा साइग्रेस पोखरेललाई बाइकको पछाडी बसेर कतै गइरहेको देख्न सकिन्छ। जुन पोस्टर हेर्दैमा नाम जस्तै हास्य भुमिकामा उनी रहेको देख्न सकिन्छ। हँसिलो अनुहारमा उनी देखिएका छन्। उनको कोटको गोजीमा चलचित्र पत्रकारको कार्ड बोकेको देखिएको छ। अर्को पोस्टरमा भने उनी चलचित्र पत्रकारको प्रेसकार्ड बोकेका छन्। जुन हेर्दा उनी पत्रकारको भुमिकामा रहेका देखिन्छन्। जहाँ उनी पठाओ बुक गर्दै गरेको देख्न सकिन्छ।
चलचित्रमा साइग्रेसका अलवा अन्य कलाकारहरुको नाम भने सार्वजनिक गरिएको छैन। निर्माण टिमले विस्तारै अन्य कलाकार तथा प्राविधिकबारे जानकारी दिने जानकारी दिएको छ। राजकुमारले निर्देशन गर्न लागेको चलचित्र दसैंपछि छायांकनमा जानेछ।





