चलचित्र ‘मास्टर्नी’ को अग्रिम टिकट बिक्री खुला
भदौ ५ गतेदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ को अग्रिम टिकट बिक्री खुला गरिएको छ। देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सहित अन्य केहि मल्टिप्लेक्समा पनि चलचित्रको शो खुल्ला गरिएको छ। रिलिजको तीन दिन अगाडी नै खोलिएको शो संख्या भोलि सम्म क्रमश बढ्दै जाने वितरक रोहित कट्टेलले बताएका छन्। क्राइम थ्रिलर चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘ए’ श्रेणीमा वर्गीकरण गरेको छ । यो चलचित्र १६ बर्ष भन्दा माथीका दर्शकले हेर्न पाउनेछन्।

सुवेन्दु घोषको निर्देशनमा तयार भएको यस चलचित्रमा प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले रक्षा थापा, दिपकराज गिरि, दिपाश्री निरौला, अनुप विक्रम शाही लगायतका कलाकारको अभिनय रहेको छ।
आयंका फिल्म्सको व्यानारमा निर्माण भएको चलचित्रमा प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त लगानी रहेको छ। चलचित्रको कथा स्वयं अभिनेत्री कार्कीले लेखेकी हुन् भने चलचित्रको पटकथा शान बस्नेतले लेखेका हुन्, संवाद लेखनमा प्रियंका र शानले सहकार्य गरेका छन्।
चलचित्रलाई आरआर फिल्म्सले देशभर वितरण गर्नेछ। रोहित शाक्य र त्रिशला गुरुङ्गको संगीत रहेको चलचित्रको पोष्टर तथा पब्लिसिटी डिजाइन ट्राईडेन्ट कन्सेप्टका लागी रोयल भीमसेन र ज्ञानु संगम खड्काले तयार गरिरहेका छन्।







