‘एक्का तीन’मा पूजा र कविताको टकराव


छायांकनको तयारीमा रहेको चलचित्र ‘एक्का तीन’ को प्रमुख कलाकारको लुक्स सार्वजनिक भएको छ। भदौ तेस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रका दुई मुख्य अभिनेत्रीको टकराव पोष्टरमा प्रस्तुत गरिएको छ। पोष्टरमा नायिकाहरु पूजा शर्मा र कविता नेपालीलाई एंग्री लुक्समा प्रस्तुत गरिएको छ।

जुना फिल्मस्को प्रस्तुतिमा तयार हुने यो चलचित्रमा पुष्प खड्काको पनि अभिनय रहनेछ। सुमन गजमेरले लेखेको चलचित्रको निर्देशन रुपेश तामाङ्गले गर्नेछन्। रामकृष्ण खरेल र अनुप गडालको लगानी रहने एक्सन जनराको चलचित्रमा पूजा र कविताको लडाई रहनेछ।

प्रतिक्रिया दिनुहोस्