पुष्प र प्रशंसाले सुरु गरे ‘सिन्दुर’ को छायांकन
लक्ष्मण सुनारको निर्देशनमा तयार हुने चलचित्र ‘सिन्दुर’ को छायांकन सुरुवात भएको छ। दाङ्ग जिल्लाबाट सुरु भएको चलचित्रमा पुष्प खड्का र
प्रशंसा रायमाझीको जोडीलाई पर्दामा देख्न सकिनेछ।

पछिल्लो समय अभिनेत्री रायमाझी लगातार चलचित्रमा देखिन थालेकी छिन्। उनले चलचित्र ‘चिरन्जीवी भव:’ र ‘स्टेशन’ को छायांकन सम्पन्न गरिसकेकी छिन्। कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने यूनिभभर्स प्रा.लिको सहकार्यमा निर्माण हुने चलचित्रमा सञ्जीव सार्कीको लगानी रहनेछ । दिनेश सिंह महरा चलचित्रका कार्यकारी निर्माता हुन्।
निर्देशक सुनारको नै लेखन रहने चलचित्रमा संकल्प भुजेलको छायांकन, प्रशान्त सिवाकोटी, श्रीकृृष्ण बम मल्ल र दिनेश ढकालको संगीत, करण बहादुर साउदको मुख्य सहायक निर्देशन, रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ । एक महिनाको सेड्यूल तयार गरेर छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । एक महिलाका लागि सिन्दूरको महत्व कति छ भन्ने कथालाई चलचित्रले उठान गर्ने निर्माण टिमले जानकारी दिएको छ।










