दिपेन्द्रले सके ‘श्रीमान श्रीमती’ छायांकन, खगेन्द्र र सुरक्षा प्रमुख भूमिकामा


दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘श्रीमान श्रीमती’ को छायांकन सम्पन्न गरेका छन्। चलचित्रका सम्पूर्ण दृश्यहरुको छायांकन सम्पन्न गरेर अव गीतको पार्ट बाँकी रहेको खनालले जानकारी दिएका छन्। दिपेन्द्रले कुनै औपचारिक घोषण बिना नै चलचित्रको छायांकन सम्पन्न गरेका हुन्।

काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा खगेन्द्र लामिछाने र सुरक्षा पन्त प्रमुख भुमिकामा रहेको चलचित्र पटकथा प्रोडक्सन र टुकी आर्ट्सको प्रस्तुतिमा तयार भएको हो। चलचित्र पूर्ण पारिवारिक कथामा निर्माण भएको निर्देशक खनालले बताएका छन्।

“दर्शकले मन पराउने मिठो कथामा चलचित्र बनेको छ। आशा छ, दर्शकले मन पराउनु हुनेछ,” निर्देशक खनालले भने, “हामीले इमान्दार भएर चलचित्र बनाउने हो । पक्कै पनि इमान्दार बनेर बनाइएको चलचित्र दर्शकको रोजाइमा पर्छ ।” दिपेन्द्र के खनाल र खगेन्द्र लामिछाने निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता करण श्रेष्ठ हुन्।

प्रतिक्रिया दिनुहोस्