‘द प्रोफेसनल गाइज’मा M.A.D को इन्ट्री, OSR Digital मार्फत आउँदै सुरुवातको कथा


आगामी नेपाली चलचित्र ‘द प्रोफेसनल गाइज’ ले आफ्नो प्रचार अभियानलाई नयाँ शैलीमा अगाडि बढाएको छ। गत साता चलचित्रको शीर्षक सार्वजनिक गरेको निर्माण टोलीले अब तीन फिल्ममेकर मार्टिन भण्डारी, अमन श्रेष्ठ र डार्विन श्रेष्ठको रोचक यात्रामा आधारित प्रमोशनल स्किट OSR Digital को युट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ।

मार्टिन, अमन र डार्विनको नामबाट बनेको ‘M.A.D’ पहिचानलाई केन्द्रमा राखेर तयार पारिएको स्किटमा ‘द प्रोफेसनल गाइज’ को सुरुवात कसरी भयो र तीन जनाको सहकार्यले कसरी आकार लियो भन्ने कथा हास्य तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ।

‘MADLY PROFESSIONAL, PROFESSIONALLY MAD’ भन्ने रमाइलो नारासहित अघि बढेको यो टोलीले परम्परागत चलचित्र प्रचारभन्दा फरक शैली अपनाउँदै दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ।

चलचित्रमा मार्टिन भण्डारी र डार्विन श्रेष्ठ लेखन तथा निर्देशनमा संलग्न छन् भने अमन श्रेष्ठ निर्माता, सहलेखक, क्रिएटिभ डाइरेक्टर तथा मुख्य अभिनेताका रूपमा जोडिएका छन्। तीनै जनाको सिर्जनात्मक सहकार्य र चलचित्र निर्माण प्रतिको यात्रालाई स्किटको मुख्य आकर्षण बनाइएको छ।

JKS Entertainment को ब्यानरमा निर्माण भएको ‘द प्रोफेसनल गाइज’ को यस विशेष प्रस्तुतिले चलचित्रको शीर्षक घोषणापछि दर्शकमाझ थप उत्सुकता जगाउने अपेक्षा गरिएको छ।

तीन नाम, एउटै पहिचान—M.A.D! मार्टिन, अमन र डार्विनको रमाइलो सुरुवात अब OSR Digital को युट्युब च्यानलमा हेर्न पाइनेछ।

प्रतिक्रिया दिनुहोस्