‘दर्शकको भिड देखाउदा मात्र चलचित्र चलेको बुझाई गलत भयो’- पूजा शर्मा


भाद्र १७ गतेबाट रिलिज भएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ ले दर्शकको साथ बटुलिरहेको छ । बिशेष गरि राजधानीमा एफक्युब हलमा चलचित्रले दर्शकको साथ बटुलिरहेको छ। दर्शकलाई भेट्न रिलिजको पाँचौ दिन अभिनेत्री पूजा शर्मा र नव- अभिनेता सोनाम तोप्देन हलमा पुगेका थिए। चलचित्रको गीतसंगीत, छायाँकन पाटो र क्लाइमेक्सलाई दर्शकले रुचाइरहेका छन्।

अभिनेत्री पूजा शर्मा दर्शकको साथले उत्साहित रहेकी छिन्। उनले चलचित्र हलमा पुगेर भिड देखाउदा मात्र चलेको भन्ने सोच्न नहुने बताएकी छिन् । दर्शकले रिलिजको दिनबाट नै चलचित्रलाई साथ दिएको पूजाले बताएकी छिन् । सुदर्शन थापा निर्देशित चलचित्रमा पूजा र सोनामको साथमा आकाश श्रेष्ठ मुख्य भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्