प्रेम बदलाको कथामा सारा श्रीपालीको ‘गुञ्जन’


सारा श्रीपाली मुख्य भूमिकामा रहेको चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ। प्रेम र वदलाको कथा बोकेको ट्रेलरमा चलचित्रका मुख्य कलाकार फिचर रहेका छन्।

एक्सन निर्देशकको रुपमा चर्चित अष्ट महर्जनको डेव्यु निर्देशनमा तयार भएको चलचित्रमा साराको साथमा कविर खड्का र डेव्यु नायक प्रितमराज सेन्चुरी मुख्य भूमिकामा रहेका छन्।

सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङ्तान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आईपी आचार्य, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ। पौष २९ गते बाट रिलिजको तयारीमा रहेको चलचित्रमा हीराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्