‘पशुपति प्रसाद २: भष्मे डन’ को क्रेज: विदेशी बजारबाटै उठ्यो २ करोड


बर्ष २०८० को बहुप्रतिक्षित चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ तिहार मा रिलिज हुने तयारीमा रहेको छ। कार्तिक ३ गतेलाई रिलिज मिति तय गरेको चलचित्रको सुटिङ्ग अन्तिम चरणमा रहेको छ। सुटिङ्ग नसकिदै चलचित्रले २ करोड बराबरको कमाई गरिसकेको छ। चलचित्रले अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, मलेसिया, यूरोपका विभिन्न देशमा प्रदर्शन अधिकार बिक्रि गरेको छ।

निर्माण टीमले दिएको जानकारी अनुसार चलचित्रले २ करोड माथीको नेट कमाई प्रदर्शन अधिकार बाट प्राप्त गरिसकेको छ। घोषणा देखि नै चर्चामा रहेको चलचित्रलाई लिएर निर्माण टिमलाई दवाव हुने पक्का रहेको छ। उच्च माग र प्रतीक्षा रहेको चलचित्रको निर्माण अब्बल हुनुपर्ने पक्का रहेको छ। सोहि कारण पनि निर्देशक दिपेन्द्र के खनाल र निर्माण टिम यो चलचित्रलाई समय लिएर सुटिङ्ग गरिरहेका छन्। खगेन्द्र लामिछानेको निर्माण र लेखन रहेको चलचित्रमा विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेका छन्। आंचल शर्मा चलचित्रमा अतिथि भूमिकामा देखिदैछिन्।

प्रतिक्रिया दिनुहोस्