‘कार्साङ’ निर्देशकले चलचित्र ‘मिरमिरे’ निर्माण गर्दै


चलचित्र ‘कार्साङ’ निर्देशक याम शेर्पाले नयाँ चलचित्र ‘मिरमिरे’ निर्माणको घोषणा गरेका छन्। शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा समेत गरेका छन् । ग्रामिण परिवेशको सामाजिक कथा भन्ने चलचित्रको थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन् । यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रको कथा पनि निर्देशक स्वयंले लेख्नेछन् ।

निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानी रहने चलचित्रका कलाकारबारे निर्माणपक्षले जानकारी दिएको छैन । केही समयपछि चलचित्रमा कोको कलाकार रहने जानकारी दिँदै जाने निर्देशक शेर्पाले बताए । ‘निर्देशक शेर्पाले भने, ‘कोको कलाकार रहने हामी विस्तारै जानकारी दिँदै जानेछौँ ।’

प्रतिक्रिया दिनुहोस्