पाँचथरमा साम्राज्ञी र रिहानको ‘आहुति’ खिचिदै
गायक तथा अभिनेता रिहान गिरि र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलोपटक संगै सहकार्य गरेको चलचित्र ‘आहुती’ को छायांकन पाँचथरको सुभाङमा भइरहेको छ । बैशाख २ गतेबाट छायांकन सुरु भएको चलचित्रमा अभिनेत्री साम्राज्ञी गाउंले पहिरनमा देखिएकी छिन्। ‘होस्टेल ३’ डेव्यु अभिनेता रिहानले सार्वजनिक गरेको टिकटक भिडियोमा केहि झल्को शाहको देखिएको हो। रिहान बच्चासंग देखिएका छन्।

भवानी संग्रौलाले निर्देशन गरिरहेको चलचित्र अनिल संग्रौला मुभी मेकरको व्यानरमा दर्ता भएको छ। चलचित्रको बारेमा निर्माण टिमले जानकारी दिएको छैन। साम्राज्ञी लगातार चलचित्रको असफलता पछि केहि समय ब्रेकमा रहेकी थिइन्। ब्रेकपछि उनले अभिनय गरेको यो चलचित्र बक्स अफिसमा सफल हुनुपर्ने दबाब रहेको छ। पहिलो चलचित्र नै बक्स अफिसमा सफल भएपछी रिहान नेपाली चलचित्र क्षेत्रमा सक्रिय देखिएका छन्। उनको माग पनि चलचित्र क्षेत्रमा चुलिदै गएको छ ।