४ करोड बढी कलेक्सन गर्दै ‘होस्टेल ३’ ले मनायो ५१ दिन
नेपाली चलचित्रहरु को सिरिजमा सफलता प्राप्त गर्दै आएको ‘होस्टेल’ को तेश्रो शृंखला पनि सफल बनेको छ। यो चलचित्रले प्रदर्शनको ५१ औं दिन पार गरेको छ। यहि उपलक्ष्यमा चलचित्रको टिमले न्युरोडको रन्जना हलमा सफलताको खुशी साटेको छ। चलचित्रको प्राविधिक र कलाकारको टिमलाई कदर पात्र बाड्दै सम्मान गरेको थियो।

स्टार कलाकार जन्माउने सिरिजको रुपमा परिचित चलचित्रबाट पारस बम ठकुरी ‘कुल ब्वाई’, रिहान गिरि, सिम्रन पन्त, पदम तामाङ्ग, आशिष घिमिरे जस्ता नव- कलाकारले आफुलाई नेपाली चलचित्रमा स्थापित गरेका छन्। रिहान गिरि अर्को चलचित्रमा व्यस्त बनिसकेका छन् भने पारसलाइ चलचित्रको अफरको ओईरो रहेको छ। सिम्रन पनि नयाँ चलचित्रमा अनुबन्ध भैसकेको खबर रहेको छ। यसरी हेर्दा यो चलचित्रसंगै यसका कलाकार पनि सफल देखिएका छन्।
सशान कँडेलको निर्देशनमा माधव शर्माको लेखनमा तयार भएको चलचित्रमा हेना नगरकोटी, समा पराजुली, सन्तोष बानियाँ, उमर खान, प्रविण खतिवडा लगायतका कलाकारहरुको अभिनय छ । शंकर कोइराला कार्यकारी निर्माता रहेको चलचित्रले ४ करोड १० लाख को बक्स अफिस कमाई गरेको आंकडा रहेको छ ।