‘मोहर’को फस्टलुकमा यस्तो देखिए पल, बेनिशा र नीति


साउन २३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘मोहर’ को फस्टलुक सार्वजनिक भएको छ। सार्वजनिक पोष्टरमा चलचित्रका तीन प्रमुख कलाकार नायक पल शाह र नायिकाद्धय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ । त्यस्तै कलाकार अर्जुनजंग शाहीलाई पनि पोष्टरमा समावेश गरिएको छ। पोष्टरमा पल शाह केही रिसाएको अनुहारसहित कतै हेरेको देख्न सकिन्छ । बेनिशाको अनुहारमा डर भाव छ भने नीति हर्षित मुद्रामा देखिन्छिन् । पोष्टरमा यसको नाम र लोगोलाई ठूलो स्थान दिइएको छ ।

ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्रमा मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि अभिनय छ ।
चुम्बन जंग शाही निर्माता रहेको चलचित्र फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको हो। चलचित्रमा दीपेन बस्न्यातको डीओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।
दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्