निखिल उप्रेतीको चलचित्र ‘आचार्य’ बाट डेव्यु गर्दै एलिस


निखिल उप्रेतीको निर्माण र निर्देशनमा तयार हुन् लागेको चलचित्र ‘आचार्य’ मा नव-कलाकारको प्रवेश भैरहेको छ। केहि दिन अगाडी मोडल उषा उप्रेतीलाई चलचित्रमा निर्माण टिमले अनुबन्ध गरेको थियो। यहि बीचमा मोडल एलिस खनालको यो चलचित्रमा प्रवेश भएको छ।

म्युजिक भिडियो र विज्ञापनमा अभिनय गरिसकेका एलिसलाई निर्देशक निखिलले यो चलचित्रमा औपचारिक रुपमा अनुबन्ध गरेका छन्। एलिसले निखिलसंगको तस्विर शेयर गर्दै उक्त कुराको जानकारी दिएका छन्।
चाडै सुटिङ्गमा जाने तयारीमा रहेको चलचित्रमा अन्य केहि नव-कलाकारको प्रवेश हुने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्