‘दान्भी’ निर्देशकसंग नयाँ एक्सन चलचित्र गर्दै पूजा शर्मा


अभिनेत्री पूजा शर्मा नयाँ चलचित्रमा अनुबन्ध भएकी छिन्। ‘रामायण’ रिलिजपछि केहि समयको ब्रेकमा रहेकी पूजाले निर्देशक रुपेश तामाङ्गको चलचित्रमा काम गर्ने सम्झौता गरेकी छिन् । रुपेशसंग पूजाले चलचित्र ‘दान्भी’ मा सहकार्य गरेकी थिइन्। पूजाको जन्मदिनको अवसर पारेर रुपेश र पूजा बीच औपचारीक सम्झौता भैसकेको छ। नाम तय हुन बाँकी रहेको चलचित्रमा पूजा एक्सन भूमिकामा देखिनेछिन् ।

पूजासँग लिखित सम्झौतापछि निर्देशक तामाङले भने, ‘मेरो कथाले पूजालाई नै खोजेका कारण उहाँलाई साइन गराएका हौं । यसपटक अघिल्ला चलचित्रमा भएका कमी कमजोरीलाई सुधार्दै काम गर्ने कोसिस गर्नेछु ।’

एकपटक फेरि एक्सन भूमिकामा देखिन लागेकी पूजाले कथा र चरित्र राम्रो लागेपछि काम गर्न तयार भएको बताएकी छन् । केही दिनमा चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि चलचित्रको नाम सार्वजनिक गरिने निर्देशक तामाङले बताए । सुमन गजमेरले चलचित्र लेखिरहेका छन्। चलचित्रमा स्टार कलाकारहरु रहने र दर्शकको लागी सप्राइज हुने निर्देशक तामाङ्गले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्