‘महाराजधिराज’ मा एकसाथ पल, आर्यन र रमेशको सहकार्य
परिच्छेद सेनको निर्देशनमा तयार हुने चलचित्र ‘महाराजधिराज’ को कलाकारको लाइनअप रोचक बन्दै गएको छ। तीन पूस्ताका अभिनेता चलचित्रमा एकसाथ देखिने भएका छन्। पल शाहलाई मुख्य भूमिकामा लिएर घोषणा गरिएको चलचित्रमा रमेश उप्रेती र आर्यन सिग्देलको प्रवेश भएको छ। आ -आफ्नो समयका स्टार कलाकारको प्रवेशले चलचित्रको टिम रोचक बनेको हो। आर्यन र पलले यसअगाडी चलचित्र ‘पुजार सार्की’ मा सहकार्य गरिसकेका छन्। रमेशसंग दुवैको पहिलो सहकार्य हो।

चलचित्र जयकिशन बस्नेतको पनि अभिनय रहनेछ। चलचित्रकी अभिनेत्रीको बारेमा भने कुनै जानकारी दिईएको छैन। निर्देशक सेनको लेखन रहेको चलचित्रको प्रस्तुतकर्ता विराज बिष्ट हुन् भने निर्माताहरुमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् । चलचित्र दशैँको फूलपातीमा रिलिजको तयारी गरिएको छ।