मिलन चाम्सको ‘सुम्निमा’ मा अभिनेत्री उपासना सिंह ठकुरी
मिलन चाम्सको निर्देशनमा तयार हुने नयाँ चलचित्र ‘सुम्निमा’ मा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्ध भएकी छिन्। प्रेमकथामा आधारित रहेर निर्माण हुने चलचित्र नेपाली र अंग्रेजी भाषामा तयार गरिनेछ। चलचित्र ‘अन्जिला’ हिट भएपछी निर्देशक चाम्सले सुम्निमाको तयारीमा जुटेका हुन्। चलचित्रका लागी पुरुष कलाकारको खोजि भैरहेको बताइएको छ। यसका लागि युकेमा बसोबास गर्दै आएका २० देखि २६ वर्ष उमेरका पुरुषको खोजी गरिएको निर्माणपक्षले बताएको छ ।

निर्देशक चाम्सका अनुसार, यूनिसर्भल कथा र अन्तराष्ट्रिय बजारलाई ध्यान राख्दै यो चलचित्र तयार पारिनेछ । चलचित्रको छायांकन जुलाइदेखि नेपाल र बेलायतमा हुनेछ । चाम्स इन्टरटेन्मेन्ट र गोर्खा फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रको अन्य जानकारी भने बाहिरिएको छैन ।