हलमा राजेश हमलाको ‘नरसिंहा: अवतार, कस्तो छ बिहानीको अकुपेन्सी?


८ बर्षपछि कमब्याक गरेका राजेश हमालको चलचित्र ‘नरसिंहा: अवतार’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ । एकल रिलिजको अवसर पाएको चलचित्रलाई १ सय ३० बढी शो प्राप्त छ। यो सुखद शो भए पनि राजेश हमलाको क्रेज र चलचित्रको चर्चा अगाडी कम नै हो। अव पाएका शोको बुकिङ्ग र दर्शकको वर्ड अफ माउथमा चलचित्रको व्यापार निर्भर रहनेछ ।

मंगलबार नै बुकिङ्ग खोलिएको चलचित्रका शो अधिकाशं अफ टाइममा देखिएको चर्चा चलिरहेको छ । यसले पनि चलचित्रको व्यापारमा असर गर्न सक्छ। हाइप अनुसार अपेक्षाकृत बुकिङ्ग नदेखिएपनि बिहानीका केहि शोमा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ ।

राजेशसहित नीति शाह, राज कटुवाल, सनिशा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, प्रशान्त ताम्राकार लगायतको अभिनय रहेको चलचित्रमा दिवाकार भट्टराईको लेखन तथा निर्देशन रहेको छ। नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने चलचित्रको निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्