‘ऊनको स्विटर’ तेश्रो हप्तामा प्रवेश, यस्तो छ व्यापारिक आंकडा


नविन चौहानको निर्देशनमा तयार भएको चलचित्र ‘ऊनको स्विटर’ को दबदबा हलमा कायम रहेको छ। प्रदर्शनको तेश्रो सातामा प्रवेश गरेको चलचित्र अहिले पनि १२० बढी शोजका साथ प्रदर्शन भैरहेको छ। चलचित्रले प्रदर्शनको दोश्रो हप्ता पुरा गर्दा ८ करोड १० लाख बराबरको ग्रास कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएको छ । यसमा ओभरसिजको कमाईको आंकडा समावेश गरिएको छैन। ओभरसिजमा पनि चलचित्र सफलताका साथ प्रदर्शन भैरहेको छ।

आर्टमाण्डू नेपाल प्रा.ली.को प्रस्तुतीमा नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्