भ्वाइस किड्सको कोचमा परिवर्तन, दुई नयाँ कोचको इन्ट्री


भ्वाइस किड्सको नयाँ सिजनको ब्लाइण्ड अडिसनको छायांकन सुरु भएको छ। चौथो सिजनसम्म आइपुग्दा दर्शकले निकै रुचाएको यो शोको कोचमा हेरफेर भएको छ। अघिल्लो सिजनमा रहेका दुई कोच दोहोरिएका छन् भने दुई नयाँ कोचको प्रवेश शोमा भएको छ।

कोचको रुपमा खेम सेन्चुरी र सत्यराज आचार्यको प्रवेश भएको छ। मिलन नेवार र मेलिना राई भने यथावत रहेका छन्। अघिल्लो सिजनमा प्रमोद खरेल र छेवाङ्ग लामा कोचको रुपमा रहेका थिए। प्रमोद कोचको रुपमा रहने धेरैले अड्कल काटे पनि उनको स्थान हेरफेर भएको छ। खेमले भ्वाइस अफ नेपालको छैटौ सिजनमा कोचको रुपमा प्रवेश गर्दै विजेता समेत बनेका थिए

प्रतिक्रिया दिनुहोस्