‘कश्यप’ मार्फत पुन: पर्दामा देखिदै सविन श्रेष्ठ
अभिनेता सविन श्रेष्ठलाई पर्दामा दर्शकले देख्न नपाएको केहि बर्ष भयो। २०२२ मा पछि चलचित्रको पर्दामा उनि देखिएका छैनन्। उनै सविन अब चलचित्रको पर्दामा देखिने भएका छन्। बिहिबार चलचित्रको क्यारेक्टर पोष्टर सार्वजनिक गर्दै उनको कमब्याक चलचित्र ‘कश्यप’ को घोषणा गरियो । लामो कपाल र दाह्रीसहित हातमा रगत लतपतिएको तरबार लिएर ‘एंग्री योङ म्यान’ को रुपमा पोष्टरमा सविन देखिएका छन्।

एक्सन, थ्रिलर तथा लभस्टोरी कथामा निर्माण हुन लागेको चलचित्रलाई दिनेश जी खड्काले निर्देशन गर्नेछन् । साउन अन्तिमबाट छायांकन सुरु हुन लागेको लागेको चलचित्रका अन्य कलाकार सार्वजनिक गरिएको छैन ।