‘द ब्ल्यू लाइट’को पोस्टरमा बेनिशा हमाल


चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार सार्वजनिक गरेको पोष्टरमा अभिनेत्री बेनिशा हमाललाई प्रस्तुत गरिएको छ । औंलामा चुरोट च्यापेर कुनै बारमा बसेकी उनी तनावमा छिन् । निलो लाइटको संयोजन रहेको पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडी रक्सीको कप र औंलाको चुरोटले उनी बारगर्ल रहेको संकेत गर्छ । गत बिहीबारबाट यो चलचित्रको छायांकन सुरु भएको छ । काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा खिचिने चलचित्रको छायाकंन तालिका २० दिनको छ ।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन गरिरहेका छन् । चलचित्रमा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो भनेको–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन्। कार्यकारी निर्मातामा भने छायाँकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन् । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्