पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश


नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा रहेका अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालत पोखराले आदेश जारी गरेको छ। जिल्ला अदालत तनहु र नवलपसारीले थुनामा राखेर अनुसन्धान गर्ने आदेश विरुद्ध पलले उच्च अदालतमा अपिल गरेका थिए। बिहिबार साँझ उच्च अदालतका न्यायाधिश उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको स्मयुक्त इजालसले दुवै जिल्लाका अदालतको आदेशलाई सदर गरेको हो।

नाबालिग र बाबुले पल विरुद्ध दिएको बयान बकपत्रमा बदलिसकेको अवस्थामा धेरैले पल हिरासतबाट छुट्ने आंकलन गरेका थिए। तर त्यसको विपरित उच्च अदालतले हिरासत भित्रै राखेर अनुसन्धान प्रकिया अगाडी बढाउन आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्