पूजा र अशोकलाई लिएर ‘सेतो कोट’ बन्ने
चलचित्र ‘सेतो कोट’ को औपचारिक निर्माण घोषणा गरिएको छ । शिवम अधिकारीको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रको आज मुहर्तसंगै एक औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको हो । मिनु शर्मा प्रोडक्सनको प्रस्तुतीमा निर्माण हुने चलचित्रको निर्माता मिनु शर्मा हुन् । उनले यस अगाडी चलचित्र ‘मन बिनाको धन’ निर्माण गरेकी थिइन् । यो चलचित्रले बक्स अफिसमा सफलता र चर्चा पाए पनि आफुले केहि नपाएको मिनुको गुनासो रहँदै आएको छ । उनले दोश्रो चलचित्र सोहि सफलताको भोकमा बनाउन लागेको उल्लेख गरेकी छिन् ।

मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता मिनु शर्मा ‘सपना’ तथा सन्देश थापा ‘काजी’ रहेका छन् भने कार्यकारी निर्माता फणीन्द्र तामाङ हुन्। चलचित्रमा नीर शाह,अशोक दर्जी, पूजा शर्मा , माइली बुहारी, पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे, सुप्रिया शर्मा लगायतको अभिनय रहनेछ।
चलचित्रको छायाङ्कन काठमाडौँ, मकवानपुर लगायत नेपालको ग्रामीण भेगमा गरिनेछ। चलचित्रको छायाङ्कन सौरभ लामाले गर्नेछन् भने सम्पादन बन्दे प्रसादको रहनेछ।







