सिनियर देखि नव- प्रवेशी सम्म, ‘पच्चिस पच्चिस’ मा जम्बो कलाकारको टिम


सुब्रत आचार्यको निर्देशनमा कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनलागेको चलचित्र ‘पच्चीस पच्चीस’ का कलाकारको लाइनअप पूरा भएको छ।

चलचित्रमा अबिषेक खड्का, खुसी कार्की, अमित सुब्बा ‘भक्ते भाइ’, सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतम लगायत कलाकारको अभिनय छ। दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर ‘भक्ते भाइ’ यो चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन्। चलचित्रमा कथा सुब्रत आचार्य र जयाको हो भने पटकथा सुशील देवकोटाले लेखेका छन्। छायांकन निर्देशन हरि हुमागाईंको छ।

चलचित्रका निर्माता कर्ण कार्की हुन्। गत वर्ष ‘होस्टेल ३’ बाट चलचित्र निर्माण गरेका कार्कीको यो दोस्रो चलचित्र हो। कार्यकारी निर्माता दीपेन्द्र गौतम हुन्। धीरेन्द्र लाल कर्ण र मणिराज खड्का सह-निर्माता तथा सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेल लाइन प्रोड्युसर छन्।

प्रतिक्रिया दिनुहोस्