‘कबड्डी ४’ को पहिलो साता आक्रामक, के तोडिएला ‘छक्का पन्जा ३’ को रेकर्ड ?


जेठ १३ गते शुक्रबार बाट रिलिज भएको चलचित्र ‘कबड्डी ४’ ले पहिलो साता आक्रामक व्यापार गरेको छ। रिलिजको दोश्रो साता ४ विदेशी चलचित्रको भिडमा कबड्डीले बढी शोज पाएको छ। रामबाबु गुरुङ्ग निर्देशित चलचित्रले पहिलो साता करिव १२ करोड बराबरको ग्रस कलेक्सन गर्न सफल भएको निर्माण टिमले दावी गरेको छ।

चलचित्रको कमाईको गति यहि रहने हो भने नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कमाउने चलचित्रमा कबड्डीको नाम दर्ता हुनेछ। छक्का पन्जा ३ ले १६ करोड माथिको ग्रस कलेक्सन गर्न सफल भएको थियो। दयाहाङ राई,सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ्ग , विजय वराल लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्