‘प्रेमगीत ३’ लाई ‘विश्वजीतम्’ नाम, भारतमा प्रदर्शनलाई तयार


असोज ७ गतेलाई नेपाल रिलिज तय गरेको चलचित्र ‘प्रेमगीत ३’ दर्शकका लागी प्रतिक्षित रहेको छ। प्रदिप खड्का स्टारर चलचित्र रिलिजको प्रखाईमा रहेको ३ बर्ष हुन लागि सक्यो। २०७६ को अन्त्यमा रिलिज हुने भनेर तयारी गरेको चलचित्र कोरोनाका कारण पटकपटक सर्यो। कोरोनाले चलचित्र नगरी नै ठप्प भएको बेला धेरै अव के गर्ने भनेर सोचिरहेका थिए। तर यहि बीचमा हो निर्माता सन्तोष शेनले भारत पुगेर हिन्दि भाषामा ‘प्रेमगीत ३’ लाई भारतीय हलमा रिलिज गर्ने सपना देखेको। उनले त्यो सपना सकार बनाएका छन्।

हिन्दि भाषामा डव गरेर, हिन्दि भाषामा नै रेकर्ड गरेर चलचित्र भारतीय सिनेमा हलमा रिलिज हुने भएको छ। करिव १ बर्षको समय मुम्बईमा खर्चेर हिन्दि डवमा सन्तोषले चलचित्र निर्माण सम्पन्न गरेका छन्। इम्पोसिबल फिल्मस्ले भारतको प्रदर्शन अधिकार समेत लिएको छ। चलचित्रलाई ‘विश्वजीतम्’ नाममा भारतमा प्रदर्शन गरिनेछ। नेपाली चलचित्रलाई हिन्दि भाषामा डव गरेर रिलिज सम्मको तयारीमा पुगेका सन्तोषले चाडै नै हिन्दि पोष्टर रिलिज गर्ने तयारीमा रहेका छन्। स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप सहित सुनिल थापा, शिव श्रेष्ठ, क्रिस्टिना गुरुङ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्