‘प्रेमगीत ३’ हिरोले ‘शमशेर’ निर्देशन गर्ने


‘प्रेमगीत ३’ बाट अभिनयमा डेव्यु गरेका मनिष राउत पहिलो चलचित्र रिलिज अगाडी नै नयाँ चलचित्र निर्देशनका लागि हौसिएका छन्। ‘शमशेर’ चलचित्र उनको निर्देशनको हिसावले डेव्यु चलचित्र हो। उनि यो चलचित्रमा मुख्य अभिनेताको रुपमा भित्रिएका थिए। ओस्कार कलेजबाट फिल्म मेकिङमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा समेत काम गरिरकेका छन्।

चलचित्रमा सुनिल थापाको मुख्य भूमिका रहेको छ। चलचित्रको लागि मुख्य अभिनेत्रीको छनोट प्रक्रिया चलिरहेको छ। चलचित्रमा प्रकाश शाह, गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सविन शाक्य लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरमा निर्माण हुने चलचित्र एक्सन जनारमा निर्माण हुनेछ। काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा छायांकन हुनेछ।

प्रतिक्रिया दिनुहोस्