A vertical shot of the black cat in the dark darkness

भदौ १७ मा केकी र आंचलको ‘झिंगे दाउ’, बक्स अफिसमा पूजासंग टक्कर


भदौ ३१ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘झिंगे दाउ’ ले आफ्नो रिलिज मिति अगाडी सरेको छ। अव यो चलचित्र भदौ १७ गते रिलिज हुनेभएको छ। चलचित्रको निर्माण पक्षले नयाँ पोष्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति अगाडी सरेको जानकारी दिइएको हो। भिमनिधि तिवारीको कथामा आधारित चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन् ।

केकी अधिकारी र आंचल शर्मा मुख्य भूमिकामा रहेको चलचित्रमा मुकुन भुषाल र कुशल बिष्टको अभिनय रहेको छ।


भदौ १७ मा नै पूजा शर्मा, आकाश श्रेष्ठ र सोनाम तोप्देन मुख्य भूमिकामा रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ रिलिजको तयारीमा रहेको छ। बक्स अफिसमा धेरैले यसलाई पूजा भर्सेस आंचलको रुपमा समेत लिन थालेका छन्। केहि समय अगाडीसम्म पूजा र आंचलको कोल्ड वार रहेको चर्चा सिनेमा नगरीमा हुने गर्दथ्यो।

प्रतिक्रिया दिनुहोस्