तिहारमा ‘२ नम्बरी’, पोस्टरमा देखियो कलाकारको यस्तो गेटअप


कार्तिक ४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘२ नम्बरी’ को फस्टलुक सार्वजनिक भएको छ। दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा रहेका छन्।

सार्वजनिक पोस्टरमा दया र सौगातको फरक गेटअप देखिएको छ। चलचित्रमा दया र सौगातको उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङ्ग मुख्य भूमिकामा रहेका छन्। रेड बर्ड प्रोडक्सनको प्रस्तुती रहेको चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी रहेको छ।

चलचित्रको प्रस्तुतकर्ताको रुपमा किरण नेपाली रहेका छन्। चलचित्रमा सुशान्त प्रजापतीको छायांकन, निमेष श्रेष्ठको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया दिनुहोस्