रवि लामिछानेको नयाँ पार्टी, ‘राष्ट्रिय स्वतन्त्र पार्टी’


संचारकर्मी रवि लामिछाने औपचारिक रुपमा राजनीतिमा आएका छन्। आज राजधानीमा औपचारिक कार्यक्रम गरेर राजनीतिमा प्रवेश गरेका हुन्। उनले कुनै व्यवस्था परिवर्तन गर्न भन्दा पनि आम जनताको आवाज बोल्न राजनीतिमा आएको बताएका छन्।

हजारौ समर्थकको बीचमा उनले राजनीतिमा आफु आएको बताएका छन्। भुईमान्छेको पिडाले आफुलाई राजनीतिमा आउन बाध्य बनाएको बताएका छन्। विभिन्न राजनीतिक दलसंगको छलफल पछि सवैलाई धन्यवाद दिदै आम सर्वसाधारणको चासो र बिषयलाई लिएर राजनीतिमा आएको बताएका छन्। उनले आफ्नो राजनीतिक दलको नाम ‘ राष्ट्रिय स्वतन्त्र पार्टी’ राखेका छन्। उनले आफुले राजनीतिमा आएर कुनै काम गर्न नसके जहा भेट्यो त्यहि ढुंगा हान्न भनेका छन्। देशभर समानुपातिक भोट ल्याउनको लागि पार्टी खोल्न परेको बताएका छन्। देशभर स्वतन्त्र रुपमा उमेदवारी दिन लागेका लाई आफ्नो पार्टीमा स्वागत समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्