कृष्ण काफ्ले र समिक्षा अधिकारीको आवाजमा ‘चोलीको तुना’ सार्वजनिक


गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत ‘चोलीको तुना’ सार्वजनिक गरिएको छ । गीतको रचना साथै लय सिर्जना गायक काफ्ले र राजन कार्कीले गरेका हुन् । श्याम श्वेत रसाइलीको सङ्गीत संयोजन गीतमा समावेश छ ।

सार्वजनिक उक्त भिडियोमा अहिलेको चल्तीकी मोडेल गरीमा शर्मा फिचर्ड छिन् । साथै उनलाई अभिनयमा रोशन केसीले साथ दिएका छन् । रोशनको यो डेब्यु म्युजिक भिडियो हो । हरि बहादुर घलेको छायाङ्कन , शिशिर खातीको कोरीयोग्राफी रहेको भिडियोको निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्