‘परालको आगो’ को एडभान्स बुकिङ्ग खुल्यो
बैशाख ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परालको आगो’ को अग्रिम बुकिङ्ग खुलेको छ। चलचित्रका प्रचार सामाग्रीले पाएको चर्चाका कारण व्यापारिक हिसाबले पनि यो चलचित्रलाई महत्वका साथ हेरिएको छ। प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्रको एडभान्स बुकिङ्ग खुलेको छ।

१ सय बढी शो पाएको चलचित्रका शोज संख्या रिलिज मितिसम्म अझै बढ्ने पक्का रहेको छ। एकल रिलिजको अवसर पाएको चलचित्रलाई अकुपेन्सीको प्रेसर रहनेछ। गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित ‘परालको आगो’ कथाबाट प्रेरित भएर निर्माण भएको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन्।
चलचित्रमा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मन्जिला बानियाँ लगायतको अभिनय रहेको छ । सुशील देवकोटाको पटकथा तथा संवाद लेखन रहेको चलचित्रलाई सुशील पोख्रेलले निर्माण गरेका छन्।


