निरुता र उत्तमको जोडी ‘सारथी’ मा दोहोरिदै


अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको जोडी नेपाली दर्शक माझ निकै लोकप्रिय रहेको छ। ‘दर्पण छायाँ’ जोडी निरुता र उत्तम करिव दुइ दशकपछि चलचित्रमा एकसाथ आउन लागेका हुन्। चलचित्र ‘सारथी’ मार्फत उत्तम र निरुताको जोडी कमब्याक गर्दैछ । सोमबार मुहर्त गरिएको चलचित्रको छायांकन बुधबारबाट सुरु हुने बताइएको छ।

कुमार गजुरेलको निर्देशनमा तयार हुने चलचित्रलाई सम्पादक तारा थापा ‘किम्भे’ ले निर्माण गर्दैछन्। चलचित्रमा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतका कलाकारहरूको अभिनय रहनेछ । सम्पादकको रुपमा परिचित उनले यही फिल्मबाट निर्माणमा हात हालेका हुन् ।

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण हुने चलचित्रको लगानीकर्तामा सौर्यल थापा पनि रहेका छन् भने रदिप श्रेष्ठ र प्रदिप रायमाझी कार्यकारी निर्माता, अमीर केसी र कुमार गजुरेल लाइन प्रोड्युसर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्