कस्तो छ ‘लाइफ ड्यामेज’ को पहिलो गीत?


सुरक्षा पन्त मुख्य भूमिकामा रहेको चलचित्र ‘लाइफ ड्यामेज’ को गीत सार्वजनिक भएको छ। एसडी योगी र रेश्मा पुनको स्वरमा रहेको ‘ब्युटीफुलम’ बोलको गीतमा एसडीको संगीत र आदर्श सुशीलको शब्द रहेको छ। डान्सिङ्ग नम्बरको गीतको भिडियो किरण थापाको कोरियोग्राफीमा तयार भएको छ। निमेष श्रेष्ठको निर्देशनमा यो चलचित्र तयार भएको हो। कन्टेन्ट क्रिएटरको रुपमा परिचित निमेषले यो चलचित्रमा अभिनय समेत गरेका छन्।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा र निमेषका साथै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्का लगायत कलाकारहरूको अभिनय रहेको छ।

भिडियो लिंक: https://youtu.be/NzufHit8RBU?list=RDNzufHit8RBU

चलचित्रको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन्। चलचित्रमा प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्