चलचित्रको क्यारेक्टरका लागी गौरवले घटाए ९ केजी तौल
रंगमञ्च हुँदै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका गौरव बिष्टलाई राम्रो अभिनय गर्ने कलाकारको रुपमा चिनिन्छ। दुई वर्षअघि चलचित्र ‘परस्त्री’ मा अभिनेताका रुपमा डेब्यु गरेका गौरवको नयाँ चलचित्र ‘एक मुठी बादल’प्रदर्शनमा आउने तयारीमा छ। आंचल शर्मा प्रमुख भूमिकामा रहेको चलचित्रका प्रचार सामग्रीले दर्शकको ध्यान खिचिरहेको छ।

गौरवको क्यारेक्टर पोष्टर केहि समय अगाडी सार्वजनिक भएको थियो। चलचित्रका लागी उनले करिव ९ केजी तौल घटाएका थिए। कुनै पनि चरित्रका लागी कलाकारले गरेको यो मिहेनत प्रसंसा योग्य रहेको छ। जेठ १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा उनले कस्तो काम गरेका छन् त्यो भने हेर्न बाँकी रहेको छ।



