‘परालको आगो’ हलमा रिलिज, दर्शक प्रतिक्रिया सकारात्मक
गुरु प्रसाद मैनालीको चर्चित कथा संग्रहबाट तयार भएको चलचित्र ‘परालको आगो’ आजबाट रिलिज भएको छ। प्रचार सामग्रीले दर्शकको राम्रो साथ पाएको चलचित्रको अकुपेन्सी बिहानबाट सुखद देखिएको छ। वर्ड अफ माउथ पनि राम्रो पाइरहेको चलचित्र करिव १५० शो सहित रिलिज भएको छ।

दर्शक प्रतिक्रिया राम्रो भएको कारण सोलो रिलिजको अवसर पाएको चलचित्रले त्यसको फाइदा व्यापारमा गर्न सक्ने देखिन्छ। १३५ मिनेट रन टाइम भएको चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । सोहि कारण पनि पारिवारिक दर्शकले चलचित्रलाई रुचाउने विस्वास गरिएको छ। सुशील पोख्रेलको निर्माण रहेको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन्।
चलचित्रमा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, शंकर आचार्य,किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्। हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सुलभी पोखरेल र सत्यम पोखरेल रहेका छन्।



