प्रेम र सम्बन्धको झल्को दिने विपिन र केकीको ‘काजी’ नयाँ पोष्टर
विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा रहेको चलचित्र ‘काजी को नयाँ पोष्टर सार्वजनिक भएको छ। आइतबार सार्वजनिक पोष्टरमा विपिन र केकी प्रेमिल भावमा देखिएका छन्। पोष्टरले नै चलचित्रले प्रेम, सम्बन्ध र जीवनका संघर्षमा केन्द्रित रहेको महसुस गराउछ। पोष्टरमा विपिनले परम्परागत ढाका टोपी, सर्ट र गञ्जी लगाएको देखिन्छ भने केकी रातो सारी, हरियो ब्लाउज, सिन्दूर र टीकासहित प्रस्तुत भएकी छिन् । यसले नेपाली संस्कृति र पारिवारिक सम्बन्धको झल्को दिन्छ ।

लक्ष्मण रिजालको निर्देशनमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन्। रिजाल एन्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र जेठ ८ गतेबाट रिलिज हुँदैछ। चलचित्रमा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय रहेको छ।
प्रदीप भारद्धाजको लेखेको चलचित्रमा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, सुजिल कर्माचार्यको पार्श्व संगीत, नृत्य निर्देशक कविराज गहतरज, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपीन मल्ल रहेका छन् । असिम काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रका निर्मातामा नेहान रिजाल र विकाश राज जोशी छन् ।



