झरना र सुहानाको ‘बा : एक योद्धा’ भदौमा प्रदर्शन तय


हरि लम्सालको निर्देशनमा तयार भएको चलचित्र ‘बा : एक योद्धा’ को प्रदर्शन मिति तय भएको छ। चलचित्र कुशे औंशीको पुर्व सन्ध्या पारेर भदौ १९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ। नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीतहरू दिइसकेका चर्चित संगीतकार लम्सालले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका हुन् ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता वसन्त लम्साल हुन्। वसन्तले यस अगाडी चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए। चलचित्रमा झरना थापा, सुहाना थापा र दिव्य देव पन्त प्रमुख भुमिकामा रहेका छन्।
झरना र सुहानाले पहिलो पटक पर्दामा एकसाथ अभिनय गर्न लागेका हुन् । वास्तविक जीवनका आमा-छोरी रहेका उनीहरु चलचित्रमा पनि आमा र छोरीकै भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्