कलाकार लुकाउदै चलचित्र ‘अक्षरा’ निर्माण घोषणा


बिनयराज पौडेलको निर्देशनमा चलचित्र ‘अक्षरा’ निर्माण हुने भएको छ। निर्माण टिमले मंगलबार चलचित्रको शीर्षक र थिम पोस्टर सार्वजनिक गरेको छ।

सार्वजनिक पोस्टरमा एक महिला साइड झोला बोकेर बिहानीको समयमा कतै हिँड्दै गरेको दृश्य देखिन्छ। चलचित्रका कलाकार निर्माण टिमले सार्वजनिक गरेको छैन। क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुने चलचित्रको छायांकन वैशाख २७ गतेबाट सुरु गरिने निर्माण पक्षले जनाएको छ।


राजन दुलाल प्रस्तुतकर्ता रहेको चलचित्रमा उग्रसेन ढुंगाना र सुरज थापा निर्माता रहेका छन्। चलचित्रको कथा निर्माता उग्रसेन ढुंगानाले नै लेखेका हुन् भने पटकथा अभिमन्यु निरवीले तयार पारेका छन्।

प्रतिक्रिया दिनुहोस्