भदौ २६ बाट रिलिज हुँदै चलचित्र ‘टिका’


भविष्य फिल्मस् प्रालीको ब्यानरमा निर्माण घोषणा गरिएको चलचित्र ‘टिका: स्टेटलेस सोल’ को प्रदर्शन मिति तय गरिएको छ । नारीप्रधान भनिएको चलचित्रलाई निर्माण कम्पनिले नारीहरूको पर्व तीजको अबसरमा आगामी भदौ २६ गतेबाट प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।

सुनिल मानन्धर प्रमुख रहेको वितरण कम्पनि श्रीराम बालाजी फिल्मस्’सँगको प्रदर्शन तथा वितरण सम्झौतासँगै चलचित्रको आधिकारिक प्रदर्शन मिति तय गरिएको हो । यो चलचित्रको निर्माणमा भविष्य फिल्मस् सँग थर्ड आइ आर्ट्स प्रालीले सहकार्य गरेको छ ।

अभिनेता महेश त्रिपाठी, अभिनेत्रीद्वय ऋचा शर्मा र वर्षा शिवाकोटीसँगै अभिनेता निर्मल शर्मा प्रमुख अभिनयमा रहने चलचित्र आगामी हप्ताबाट फ्लोरमा जाँदैछ । शंकर कार्कीको निर्देशनमा तयार हुने चलचित्रको पटकथा विश्वास तिम्सिना ‘बिटी कान्छा’ले लेखेका छन्। भविष्य खड्का यस अगाडी चलचित्र ‘जेरी अन टप’ की निर्मात्री हुन्। यो चलचित्रमा संगीत कालिप्रसाद बाँस्कोटाको रहनेछ । चलचित्रमा तेजविक्रम केसी कार्यकारी निर्माता छन् ।

प्रतिक्रिया दिनुहोस्