पल शाहको ‘आ बाट आमा २’ को शुभ मूहर्त, दशैँमा रिलिज


चन्द्र पन्तको निर्देशनमा ब्लकबस्टर बनेको चलचित्र ‘आ बाट आमा’ को दोस्रो भागको औपचारिक सुरुवात गरिएको छ।  आज पाटनको बङ्गलामुखी मन्दिरमा शुभ मुहूर्त गरिएको छ।  पल शाह मुख्य भूमिकामा रहने चलचित्रमा पहिलो भाग कै अधिकांश कलाकार दोहोरिनेछन्। 

पल शाह, बिपना थापा, प्रदीप रावत, गजित बिष्ट लगायत कलाकार दोहोरिँदा आकाश श्रेष्ठ र नरेन खड्काले चलचित्रमा इन्ट्री मारेका छन्।  नायिकाको भने अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन। चलचित्रका कलाकारको छनोट सकेर चाडै छायाङ्कन तालिका सार्वजनिक गर्ने निर्देशक चन्द्र पन्तले जानकारी दिए।  आर्या इन्टरटेन्टमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्। चलचित्र दसैँको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शनमा आउनेछ। 

प्रतिक्रिया दिनुहोस्