धिरज र मिरुनाको ‘कुस्ती’ असोजमा रिलिज तय


धिरज मगर र मिरुना मगरले सहकार्य गरेको दोश्रो चलचित्र ‘कुस्ती’ ले प्रदर्शन मिति तय गरेको छ। अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र असोज ९ गतेबाट प्रदर्शनमा आउनेछ। निर्देशन योञ्जनले प्रदर्शक र वितरकसंगको सल्लाह अनुसार चलचित्रको रिलिज मिति तय गरिएको बताए। छायांकन सम्पन्न भएको लामो समयपछि अन्तत: यो चलचित्र रिलिजको तयारीमा जुटेको हो।

निर्देशक योञ्जनले भने,‘हामीले हाम्रो वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर प्रदर्शन तय गरेका हौँ । सोही अनुसार म लगायत सम्पूर्ण टिमले चलचित्रको प्राविधिक काम गरिरहेका छौँ । कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो । भावनात्मकतासँगै हास्यरसले भरिएको चलचित्र प्रेम कथानक कमेडी ड्रामा हो ।’

निर्देशक योञ्जनले प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन सङ्घर्ष गरिरहेको जोडीको कथालाई चलचित्रमा दर्शकले देख्न पाउने बताए । चलचित्रमा धिरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

यस वर्षको ६१औँ ‘मिस इन्डिया २०२६’ मा ‘मिस मल्टिमिडिया’ को उपाधि जित्दै टप १५ मा पर्न सफल भएकी दिकिला शेर्पाको यो डेब्यु नेपाली चलचित्र हो । उनले सन् २०२१ मा ‘मिस टिन फेसन आइकन’ उपाधि जितेकी थिइन्, जसले उनको सौन्दर्य प्रतियोगिताप्रतिको लगाव र सम्भावनालाई प्रारम्भमै देखाएको थियो । दिकिला एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्