चलचित्र ‘चिरञ्जीवी भव’ को शुभमुहूर्त


दिपक प्रसाद आचार्यको निर्देशनमा तयार हुने चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको काष्ट सहित शुभमुहर्त गरिएको हो। शुभमुहूर्तमा चलचित्रको पहिलो सट कलाकार हरिवंश आचार्यले दिएका छन् ।

शुभमुहूर्तमा हरिवंशसँगै प्रियंका कार्की, आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझी लगायत कलाकार उपस्थित थिए ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बन्ने चलचित्र जेठ १५ बाट छायांकनमा जानेछ । चलचित्रको सुटिङ सेड्युल ४५ दिनको रहेको छ । धनकुटा, सुनसरी र काठमाडौंका चलचित्रको छायांकन हुनेछ । यो चलचित्र माघ १ गतेबाट प्रदर्शनमा आउनेछ ।

चलचित्रमा हरिवंश आचार्य, प्रियंका कार्की, सुवर्ण थापा, आशीर्वाद क्षेत्री, कमलमणि नेपाल, सरोज अर्याल, प्रशंसा रायमाझी, हरिस निरौला (कक्रोज), सुमन कार्की, सुस्मिता कुँवर लगायत कलाकार मुख्य भूमिकामा छन् । कुमार कट्टेलको कथा रहेको चलचित्रको लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् । उमेशकुमार बराल निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माताका रूपमा गजित विष्ट र शैलेश खत्री छन्।

प्रतिक्रिया दिनुहोस्