चलचित्र ‘मेरो प्रेम अधुरो’ को निर्माण घोषणा


चलचित्र ‘मेरो प्रेम अधुरो’ को निर्माण घोषणा गरिएको छ। प्रवेश पौडेलको निर्देशनमा तयार हुने चलचित्रको आगामी साउन महिनामा नेपालबाट छायांकन सुरु गरिनेछ । प्रवेशले यस अगाडी ‘अमेरिका बोइज’ र ‘बिहे पास’को निर्देशन गरेका थिए ।

नेपालपछि चलचित्रको युरोप र अष्ट्रेलियामा छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ । दुई अभिनेत्री रहने चलचित्रको मुख्य भूमिकामा कविर खड्का रहेका छन्। दुवै अभिनेत्रीलाई अडिसनबाट छान्ने तयारीमा निर्माण टिम रहेको छ।

सितारा फिल्मस् र कबिर खड्का फिल्मस्‌को ब्यानरमा निर्माण हुने चलचित्रलाई सुरेन्द्र रावलले निर्माण गर्नेछन् । अभिनेता कबिर पनि चलचित्रका निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्