चलचित्र ‘काजी’ को नयाँ गीत ‘ज्यानको तिर्खा’ सार्वजनिक
जेठ ८ गतेबाट हलमा प्रदर्शनरत चलचित्र ‘काजी’ को नयाँ गीत रिलिज भएको छ। प्रशान्त शिवाकोटीको शब्द तथा संगीतमा तयार भएको असारे भाका ‘ज्यानको तिर्खा’ निर्माण टिमले सार्वजनिक गरेको हो। गीतमा रचना रिमाल र प्रशान्त शिवाकोटीको स्वर रहेको छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, संदीप बाबु लोहनी लगायतलाई देख्न सकिन्छ । रोपाइँको सेटअपमा तयार पारिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

देशभरका दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाईरहेको चलचित्रको दर्शक भेट्न कलाकारको टिम हल हलमा पुगिरहेको छ । अभिनेता विपिन कार्की उत्साहित देखिएका छन्। रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता राम प्रसाद रिजाल हुन् भने निर्देशक लक्ष्मण रिजाल हुन् ।
असिम काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा नेहान रिजाल, विकाशराज जोशी रहेका छन् । प्रदीप भारद्धाजको कथा लेखन रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतरजको नृत्य निर्देशन, सुजिल कर्माचार्यको पार्श्व संगीत, विपीन मल्लको सम्पादन रहेको छ।




