दर्शकको मन जित्दै चलचित्र ‘आइएम जीतबहादुर’ को ट्रेलर


चलचित्र ‘आइएम जीतबहादुर’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता जितु नेपालको निर्माण तथा प्रमुख भुमिकामा रहेको चलचित्रको ट्रेलरले दर्शकको मन जितिरहेको छ। कलाकार बन्ने सपना बोकेको एक व्यक्तिले शहरमा आएर गर्ने संघर्षको कथा ट्रेलरमा प्रस्तुत गरिएको छ।

शुभेन्दु घोषको निर्देशनमा बनेको चलचित्रमा जितूको साथमा बर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा, निरज नेपाल, अंशु महर्जन लगायतको अभिनय रहेको छ। कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको चलचित्र आसर ५ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्