दर्शकको मन जित्दै ‘रोल नं १’ , विद्यार्थीले हेरेर दिए अब्बल प्रतिक्रिया
स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरेर बनाइएको चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराएका हुन् । “हाम्रो चलचित्र ‘रोल नं १’ विद्यार्थीले मन पराइरहेका छन् । हामीले जुन उद्देश्यले यो चलचित्र निर्माण गरेको थियौँ, त्यो पूरा भयो,” निर्माता विनोद पौडेल भन्छन्, “चलचित्र हेर्ने विद्यार्थीले चलचित्र राम्रो लागेको र सबै विद्यार्थीले हेर्नुपर्ने बताइरहेका छन् ।”

विद्यार्थीको मनोभावना कसरी बुझ्ने र के पढाउने भन्ने विषय चलचित्र ले उठान गरेकाले शिक्षक र अभिभावकले आफ्ना विद्यार्थी र छोरोछोरीलाई ‘रोल नं १’ देखाउनु पर्नेमा निर्माता पौडेलको जोड छ ।
“विद्यार्थी र शिक्षक तथा अभिभावक र छोराछोरी सँगै बसेर हेर्नुपर्ने चलचित्र हो यो । विद्यार्थीले मन नपराएको भए हामीले यो चलचित्र हेर्नुस् भनेर अनुरोध गर्ने थिएनौँ,” उनले भने, “‘रोल नं १’ हेर्ने सबै विद्यार्थीले हेर्ने पर्ने चलचित्र भन्दै हेर्न आग्रह गरेकाले हामी पनि आफ्ना बच्चाबच्चीलाई चलचित्र हेराउन आग्रह गर्छौं ।”
‘रोल नं १’ शुक्रबारबाट प्रदर्शनरत छ । जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् ।




