दिपाश्री निरौलाको ‘स्त्री’ मङ्सिर ११ मा प्रदर्शन तय
जीवन शाहीको निर्देशनमा तयार भएको चलचित्र ‘स्त्री’को प्रदर्शन मिति तय भएको छ। चलचित्रको छायांकन सम्पन्न भएसंगै निर्माण टीमले चलचित्रलाई मङ्सिर ११ गतेबाट प्रदर्शनमा ल्याउने तयारी गरेको छ। समीर राइको निर्माणमा तयार भएको चलचित्रको पोष्टरमा अधिकांश कलाकारहरुको फरक–फरक अवतार देख्न सकिन्छ । टौवा क्रियशनले पोष्टर तयार पारेको हो।

चलचित्रमा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसीको मुख्य भूमिका छ । सार्वजनिक पोष्टरमा कलाकारहरुको आ–आफ्नै खालको मुड देख्न सकिन्छ । पोष्टरको पृष्ठभूमीमा रातो रंग प्रयोग गरिएको छ ।
चलचित्रमा सुरविर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाँई, कल्पना श्रेष्ठ, समीर लामा लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा रामशरण उप्रेतीको डीओपी, बाबुल गिरीको संगीत, देव महर्जन र शंकर महर्जनको एक्सन, बन्दे प्रसादको सम्पादन, एलिस कार्कीको बीजीएम छ ।




